आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले स्थायी कमिटी बैठक आज

एमाले स्थायी कमिटी बैठक आज


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

पोखरा/ प्रमुख विपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्नेछ । यो बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने तयारी भएको छ ।

६–७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार हुँदैछ । विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिँदैछ । स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । एमालेले आगामी १०–१२ मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->