बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

रेवान पोखराको २७ औं वार्षिक साधारण सभा

रेवान पोखराको २७ औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

पोखरा – रेष्टुरेण्ट एण्ड वार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्ने बताए ।

‘कोरोना संक्रमण घटदो छ, अब पर्यटन क्षेत्रका सबै खाले गतिविधी सञ्चालन हुनुपर्दछ’ उनले भने । अहिले होटल तथा रेष्टुरेण्टहरु विस्तारै खुल्दै गएको बताउँदै असोजको पहिलो सातादेखि नै पर्यटन सम्बन्धि अन्य गतिविधिहरु पनि सञ्चालन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशावादी रहेको बताए ।

सो अवसरमा संस्थाका गतिविधिहरुमा सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्था तथा संस्थामा आवद्ध भएका नयाँ व्यवसायीहरुलाई स्वागत एवं सम्मान गरिएको थियो ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको समारोहमा संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->