पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरो प्रभावित कास्कीका मादी गाउँपालिकाको चासु, पोखरा १३,कसेरी क्षेत्रको निरीक्षण गरेका छन् ।
पोखरा देखि काहुँखोला हुदै पर्यटकीय गाँउ ताङतिङ जाने सडक गत असारबाट बाढी तथा पहिरोले बत्काएका कारण हाल त्यसको बैकल्पिक बाटोबाट यातायात संचालन गरिएको छ । पोखरा १३, आर्वा विजय, कसेरी नजिकको क्षेत्रमा बाढी र पहिरोले पुराएको क्षतिको अवलोकन गर्दै मन्त्री बरालले बाढी पहिरोले पारेको प्रभावलाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।





