बागलुङ/ नेकपा माओवादी केन्द्र ताराखोलाले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । ताराखोला गाउँ कमिटीको पहिलो बैठकले अभियान घोषणा गरेको हो ।गाउँ कमिटिका अध्यक्ष दिवश खत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा बाग्लुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे (अनिल), ताराखोला गाउँपालिका इन्चर्ज प्रकाश घर्ती लगायतका जिल्ला नेताले पार्टी निर्माण तथा जागरण अभियान अघि बढाउन निर्देशन दिएका थिए । बैठकमा ५ वटा वडाको रिपोर्ट प्रस्तुत गरिएको थियो ।
बैठकले पार्टीको संगठन निर्माण तथा सुदृढीकरण अभियान संचालिन गर्ने निर्णय गरेको अध्यक्ष दिवश खत्रीले जानकारी दिए । अभियान अन्तरगत टोल तथा सेल कमिटी निर्माण तथा बिस्तार गर्ने, सदस्यता नवीकरण र सदस्यता बिस्तारको काम अघि बढाउने काम हुने छ माओवादी केन्द्रमा प्रबेश गरेका नेकपा एमालेका वडा सचीव पूर्णमाया रोका र नेपाली कांग्रेसका सदस्य जीतबहादुर घर्तीलाई स्वागत गरिएको अध्यक्ष खत्रीले बतए । बैठक पार्टी सचिव फुलमाया पुन(जलजला)को संचालनमा सम्पन्न भएको थियो ।





