काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गरेपछि संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख अग्नि सापकोटाले एमालेको नाराजुलुसबीच संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
आइतबार दोस्रो चरणमा बसेको संसद बैठकमा पनि एमाले सांसदहरुले निरन्तर नाराजुलुस गरेपछि बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकले संसदको गतिरोध हटाउन प्रतिपक्षी दल एमालेसँग वार्ता गर्ने निर्णय गरेको छ ।





