
काठमाडौं-पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा आठ सय ३८ जनामा र तीन हजार एक सय ४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।




