बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जागिर मिलाइदिने भन्दै ठग्ने पक्राउ

जागिर मिलाइदिने भन्दै ठग्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७८, सोमबार

पोखरा/ विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिजी रियल स्टेट एन्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जा, फेदीखोला ४ का कृष्ण पौडेल छन् ।

उनी हाल पोखरा २७, तालचोकमा बस्दै आएका थिए । उनीमाथि करिब ४५ सय जनाबाट १ करोेडभन्दा बढी ठगी गरेको आरोप छ । जागिर लगाइदिने प्रलोभनमा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँसम्म उठाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनलाई शुक्रबार पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->