बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ, बागलुङ क्षेत्र नं १ को क्षेत्रिय अध्यक्षमा सिता छन्त्याल थापा चयन भएकी छन् । शनिबार बागलुङ बजारमा सम्पन्न भेलालले छन्त्याल अध्यक्ष रहेको ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष पुष्पा शर्मा, सचिवमा नितु खड्का, सहसचिव तसलिमा खातुन र कोषाध्यक्षमा ममता थापा विसी चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका नेता तथा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले महिलाहरु राजनीतिमा कृयाशिल भएर आउनुपर्ने बताए । एमाले पार्टिमा मौलाएको अधिनायकबादलाई चिर्न नयाँ पार्टी गठन भएको भन्दै शर्माले अव एकीकृत समाजवादीनै जनताको नजिकको दल बन्ने दावी गरे । पार्टीका जिल्ला संयोजक लालबहादुर थापा, प्रदेश कमिटी सदस्य गोविन्दराज गौतमले लगायतले बोलेका थिए । महिला नेतृ, पार्टीको प्रदेश कमिटी सदस्य सीता शर्माको अध्यक्षतामा सम्मन्न भेलामा सुनिता पुरीको सञ्चालन र बानपा कार्यपालिका सदस्य सीता छन्त्याल थापाको स्वागत रहेको थियो ।





