आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सक्रिय बन्दै वाइसीएल

सक्रिय बन्दै वाइसीएल

‘फेवाताल मिचेर खानेहरु चैनको निन्द्रा सुत्न पाउँदैन’


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

पोखरा/ योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालका केन्द्रीय संयोजक सुमन देवकोटाले फेवाताल मिच्नेहरुलाई नछाड्ने चेतावनी दिएका छन् । पोखरामा शनिबार पत्रकार भेटघाटमा बोल्दै देवकोटाले ताल मिचेर खानेहरुलाई सडकमा ल्याउने बताए ।

‘फेवाताल मिचेर खानेहरु चैनको निन्द्रा सुत्न पाउँदैन’, देवकोटाले भने,‘वाइसिएलले प्राकृतिक सम्पदा हडप्ने, मिच्ने र कब्जा गर्ने अपराधीहरुलाई सडकमा ल्याउँछ ।’ फेवाताल मात्र नभएर प्राकृतिक सम्पदा दोहान गर्ने सबैखालका अपराधीलाई नछाड्ने उनले बताए । भ्रटाचार, अनियमितता र सामाजिक अपराध गर्नेका विरुद्ध वाइसिएलले आन्दोलन गर्नेसमेत उनले बताए ।

स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै देवकोटाले भ्रष्टाचारीको खोजी गरेर सार्वजनिक गर्ने समेत चेतावनी दिए । महालेखा परिक्षकको प्रतिवेदनले भ्रष्टाचार उजागर गरेको भन्दै उनले यसको छानविन गर्न सरकारलाई ज्ञापन पत्र बुझाएको स्मरण गरे ।

वाइसिएलले सबै निर्वाचन क्षेत्रमा स्वयंसेवक दस्ता र वडा तहमा स्पेशल टास्क फोर्स गठन गर्न लागेको समेत देवकोटोले बताए । यसले भ्रष्टाचार विरुद्ध अभियान चलाउने, युवालाई उत्पादनसँग जोडने र संगठन विस्तामा टेवा पु¥याउने उनको भनाई छ । प्रेस संगठन कास्कीका अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन घनश्याम पाण्डेयले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->