पोखरा/ पोखरा– ८, स्थित प्रगति आमा समूहको चौथौं साधारण सभा सम्पन्न भएको छ । सभाको वडा सदस्य कृष्णमान ठुसाजुले उद्घाटन गरे । उनले वडाभित्र बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न सघाउने बताए । उज्यालो वडा बनाउने अभियानअन्र्तगत यो वर्ष १२ लाख बजेट छुट्टयाइएको उनको भनाइ थियो । उनले आमा समूहको अक्षयकोषका लागि १० हजार व्यक्तिगत सहयोग पनि गरे ।
वडा सदस्य पुष्पराज सिग्देल,लिटिल स्टेप माविका सस्थापक शेरबहादुर गुरुङ,प्रतिभा मार्ग टोल विकास सस्थाका अध्यक्ष बसन्त चालिसेलगायतले शुभकामना दिएको कार्यक्रममा अध्यक्ष गौरी पौडेल, उपाध्यक्ष जानुका चालिसे र संचालन सचिव दुर्गा सिग्देलले पनि मन्तव्य राखेका थिए ।





