आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमसिसी प्रचण्डले गिजोले, संसदमा सभामुखले रोकेः गोकुल बास्कोटा

एमसिसी प्रचण्डले गिजोले, संसदमा सभामुखले रोकेः गोकुल बास्कोटा


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार

पोखरा/ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अघि बढाउन आफूहरुले अघि बढाएपनि सभामुखले रोकिएको नेकपा एमालेका सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलबार बाँस्कोटासँग गरेको पत्रकार भेटघाटका क्रममा उनले विदेशीसँगको सम्बन्ध मजाकको विषय नभएको समेत बताएका हुन् ।

सुरुमा एमसिसी सम्झौता प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले गरेको भए पनि अहिले प्रचण्डले गिजोलिरहेको टिप्पणी गरेका छन् । ‘हरेक कुरालाई ‘चुक्ले’ लगाएर वैदेशिक सम्बन्ध सुदृढ हुन सक्दैन, विश्वसनीय हुन सक्दैन । मजाक उडाउन पाइँदैन देशको सम्बन्धमा,’ उनले भने ।

बाँस्कोटाले पहिले तत्कालीन सभामुख कृष्णबहादुर महरा र अहिले अग्नि सापकोटाले सदनमा गइसकेको एमसिसी रोकेर ‘ढुसी’ पारेको आरोप लगाए । उनले नेकपा एमाले कुनै पनि देशसँग हामी पूँजी र प्रविधिको सहयोग लिन सकारात्मक रहेकोसमेत बताए ।

एमसिसीबारे पूर्वसञ्चारमन्त्री बाँस्कोटाको भनाइ जस्ताको तस्तै :

एमसिसीको सम्झौता ग¥या कल्ले ? देउवाले, प्रचण्डले । एमसिसी गिजोल्या कल्ले ? प्रचण्डले… त्योचाहिँ प्रचण्डलेमात्रै है ! अरुले गिजोल्या होइन । यता गिजोल्या’छ, उता गिजोल्या’छ । पदमा हुँदा एउटा कुरा ग¥या’छ, बाहिर निस्किँदा अर्को कुरा ग¥या’छ । केपी ओली हुँदा एउटा कुरा ग¥या’छ, अर्को कुरा हुँदा अर्को कुरा ग¥या’छ । मजाकको विषय हो यो विदेशीसँगको सम्बन्ध ?

चेन्जिङ ग्लोबल पोलिटिक्समा त्यसको डाइमेन्सन कस्तो भइरहेको छ ? हामीले त संसदमै पेश गर्ने भनेको हो । रोक्ने को ? सभामुख होइन ? सभामुखले भन्दिए त ‘म त प्रचण्डको कार्यकर्ता हुँ । सभामुख होइन । उनले (प्रचण्ड)ले जे भने त्यै गर्छु’ भनेर । अनि हामीतिर किन फर्किनु ? हामीले त संसदमा पेश गरेको हो ।
कृष्णबहादुर महराजी पनि पेन्डिङमा हाल्दिनु भो । अग्नि सापकोटाजी पनि ढर्रामा ढुसी पारेर राख्दिनु भो, निकाल्दै निकाल्नु भएन । …. फतिमा सुमार आउँदा दर खुवाएर पठाउनु भो त ? तीजको मुखमा आएको चेली ! मलेसियामा जन्मेको, अमेरिकामा त्यो पदमा पुगेको, यसियन कल्चरबारे केही न केही थाहैथ्यो होला अलिअलि जसो भए पनि । के भनेर पठाउनु भो ?
अनि उहाँ(गठबन्धन)हरु हामीतिर फर्किनै पर्दैन । उहाँहरुको १ सय ६५ सिट छ । झन्डै २ तिहाइ छैन त ? गरे भइहाल्यो नि एमसिसी ! हामीलाई सहयोग चाहियो भन्यानि छैन, केही पनि भन्या छैन ।
एउटा कुरा हामी स्पष्ट पार्न चाहन्छौं, त्यो कुनै पनि देशसित हामी … चिनसित गर्दा साम्यवाद भोलिपल्ट आउनी, अमेरिकासित गर्दा साम्राज्यवाद फेरि पर्सिपल्ट बाजा बजाएर आउनी, भारतसित गर्दाचाहिँ शंख फुकाएर विस्तारवाद आउनी … यो लघुताभाषी नेकपा एमाले छैन ।

कुनै पनि देशसित हामी पूँजी र प्रविधिको सहयोग लिन्छौं । त्यो सहयोग लिँदा, त्यो सहयोगले नेपालको त्यो देशसितको सम्बन्ध र हाम्रो सार्वभौमसत्ता, हाम्रो अखण्डता, हाम्रो राष्ट्रिय स्वाधिनतामाथि कोही कसैले औंला ठड्याउनी, आँखा झिम्क्याउनी, ओंठ लेब्य्राउनी कुनै पनि खाल्को गल्ती गर्ने छूट नेकपा एमालेले दिँदैन ।
अब एमसिसी पास गर्नुपर्ने, फेल गर्नुपर्ने, सत्ता पक्षको काम हो , प्रतिपक्षको काम होइन । पहिले उहाँहरुले ल्याउनुस्, त्यसपछि हामी पढौंला, त्यसका जम्मै बुँदाबुँदा केलाउँला । एमसिसी एक २००३ मा के छ ? नेपालसित ग¥या सम्झौतामा केछ ? त्यसका विभिन्न प्रावधानहरु ५.५ र ६ सय ७ को कति भन्नी छ, त्यसमा केछ ?

सेनाले परेड खेल्नी हो कि ? बिजुलीको प्रशारण लाइनमात्रै बनाउने हो कि ? भारतको अनुमति किन चाहिनुपर्ने हो वा किन नचाहिनुपर्ने हो ? त्यो कुरा त छलफल गरौंला नि ! होइन भने त्यस्ता सम्झौताहरुको विषयमा गिजोल्ने, गिजोल्ने … अँ ललितपुरको पुल्चोकमा केपी ओलीका प्रतिगमनविरुद्ध भनेर उफ्रिरहँदा कार्यकर्ताले के नारा लगाइराथे, प्रचण्डको हात फत्रक्कै भो ! फत्रक्कै …. ! त्यहींबाट थाहा हुन्छ उहाँको राष्ट्रवाद नक्कली हो भनेर ।
हरेक कुरालाई ‘चुक्ले’ लगाएर वैदेशिक सम्बन्ध सुदृढ हुन सक्दैन, विश्वसनीय हुन सक्दैन । मजाक उडाउन पाइँदैन देशको सम्बन्धमा,… त्यो सत्तापक्षको काम हो । अहिले हामी जवाफ दिने ठाउँमा छैनौं, उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ …. एमसिसीको हकमा !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->