आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

काठेखोलाका सबै वडामा भेला गर्दै एमाले

काठेखोलाका सबै वडामा भेला गर्दै एमाले


  • Dhorpatan News
  • असोज ५ २०७८, मंगलबार

बागलुङ/ नेकपा एमाले काठेखोला गाउँपालिका संगठन कमिटि बागलुङले पालिका अन्तरगतका सबै वडामा वडा भेला, वैठक र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।
गाउँपालिका कमिटिको मंगलवार सम्पन्न वैठकले पालिकाका ८ वटै वडामा भेला, वैठक तथा अन्तरक्रिया गर्ने योजना निर्माण गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

आगामी कात्तिक ६ गते एमालेले देशभरका वडा अधिवेशन र ९ गते सबै पालिकाको अधिवेशन गर्ने केन्द्रको निर्देशन अनुसार काठेखोला गाउँपालिका अधिवेशन र वडा अधिवेशनलाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको एमाले काठेखोलाका संयोजक डिल बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->