आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड

माओवादी अब नयाँ शिराबाट अघि बढ्छ : अध्यक्ष प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७८, मंगलबार
फाईल तस्विर

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार साँझ आयोजना गरेको भर्चुअल प्रशिक्षण कार्यक्रममा उनले पार्टीको आन्तरिक एकता बलियो बनाउँदै पुनः देशको पहिलो पार्टी बनाउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे । पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै अध्यक्ष दाहालले भने, “जनताले विसं २०६४ को भन्दा धेरै मत दिएर विजयी गराउन चाहेका छन् । वडादेखि केन्द्रसम्म एकताबद्ध भएर जनतामा जाँदा पार्टीको जित सुनिश्चित छ, देशलाई राम्रोसँग अघि बढाउनसमेत माओवादीले जित्नुको विकल्प छैन ।”

माओवादी जहिले पनि उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका पक्षमा रहेकाले माओवादीको तुलना अन्य पार्टीसँग हुन नसक्ने भनाइ अध्यक्ष दाहालको छ । जनताले एमसीसी नरुचाएको भन्दै यथास्थितिमा पारित हुने अवस्था नरहेको र यसलाई पुनःपरिभाषित गर्नुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->