बागलुङ/ नेकपा एमालेको नवौं महाधिबेशनबाट निर्वाचित र निर्वाचित कमिटिले मनोनित समेत गरेर २०७५ जेठ २ गते अघी बागलुङ जिल्ला कमिटिमा ८६ जना सदस्य थिए । नेकपा माओवादी केन्द्रसँग एकता भएपछि त्यो संख्या बढेर १ सय ४५ पुग्यो । नेकपामा बिभाजन आएपछि अन्यौलमा रहेको एमाले जिल्ला कमिटि बागलुङले माधव नेपाल समुह नयाँ पार्टी दर्ता गरेर पार्टिबाट बाहिरीए पछि जिल्ला कमिटि बिस्तार गरेको छ । साविकको भन्दा दोव्वर संख्या हुनेगरी जिल्ला कमिटि १ सय ६० सदस्यीय बनाईएको छ । सचिव बिष्णु भुसालका अनुसार यो संख्या बढेर १ सय ९० जनामा पुग्ने छ ।
नेकपा बिभाजनको समयमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट नेकपा हुँदै एमाले लाईनमा रहेका नेताहरुको मानोनयन गर्ने काम बाँकी छ । जिल्ला कमिटिको २० प्रतिशत हुन आउने संख्यामा सदस्य थप हुने छन् । नेताहरु कृष्ण केसी, तुलसीलाल अर्यालसहितको पाँच सदस्यीय कार्यदलले छनौट गरेका नेताहरु जिल्ला सदस्यमा मनोनित हुनेछन् । एमालेको महाधिबेशनमा निर्वाचित भएका बाहेक असोज १ र २ गते बसेको जिल्ला कमिटिको बैठकले ८६ जनालाई जिल्ला कमिटिमा मनोनित गरेको सचिव बिष्णु भुसालले बताए ।
जिल्ला कमिटिमा मनोनित हुनेमा सबैभन्दा धेरै बागलुङ नगरपालिकाबाट २८ जना छन्, नेकपा र एमालेमा बिबादहुँदा अध्यक्ष ओलीका पक्षमा निधक्क उभिएकादेखि जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको पक्षमा उभीएकासम्मले जिल्ला कमिटिमा प्रबेश पाए । एमाले बिभाजन अघी जिल्ला अध्यक्ष सापकोटा माधब नेपाल पक्षमा देखिएका थिए । जैमिनी नगरपालिकाबाट ११ जना, काठेखोला गाउँपालिकाबाट ११ जना, बडिगाड गाउँपालिकाबाट ९ जना, गलकोट नगरपालिकाबाट ८ जना, ढोरपाटन नगरपालिकाबाट ६ जना, बरेङ गाउँपालिकाबाट ४ जना, ताराखोला गाउँपालिकाबाट ३ जना, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाबाट २/२ जनालाई जिल्ला कमिटिमा मनोनित गरेको छ ।
एमालेको जिल्ला कमिटिमा निसीखोला गाउँपालिकाका भूमिराज घर्ति र लिला बहादुर बुढा, तमानखोला गाउँपालिकाबाट फारमदेवी छन्त्याल र हिरा छन्त्याल, ढोरपाटन नगरपालिकाबाट उमेश बुढा, नन्दे सुनार, खिम बहादुर घर्ति, गोकुल शेरचन, गणेश थापा र सिता कंडेललाई चयन गरिएको छ ।
बडिगाड गाउँपालिकाका गुणनीधि घिमिरे, दिनेश शर्मा, खडक पुन, पार्वती काउचा, गोम बहादुर राना, गंगा गुरुङ, दिपक रायमाझी, कमलराज आचार्य र याम बहादुर श्रीस तथा गलकोट नगरपालिकाबाट जीत बहादुर श्रीस, पदम कार्की, पूर्ण काउचा, चिन्ता नेपाली, होम बहादुर बस्नेत, रुपा वि.क, श्यामलाल वि.क र ओम सुनार चयन भएको एमालेले जनाएको छ ।
यसैगरी, ताराखोला गाउँपालिकाबाट मन बहादुर लामिछाने, धनप्रसाद बुढा र गीता घर्ती, काठेखोला गाउँपालिकाबाट गोविन्द खड्का, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, रन बहादुर थापा, हेमलाल विश्वकर्मा, युक्तप्रसाद कंडेल, हरि कुँवर, शारदा थापा (चित्रकला), थम्मन जिसी र विश्व गौतम जिल्ला कमिटि सदस्य चयन भएकाछन् ।
एमालेले बरेङ गाउँपालिकाबाट तिल बहादुर विक, चेत बहादुर थापा, शेर बहादुर खनाल र प्रेमप्रसाद पौडेल, जैमिनी नगरपालिकाबाट कुल बहादुर पुन, भोजराज शर्मा, टिका उचै, बेद बहादुर छन्त्याल, यमुना शर्मा, केशवराज चालिसे, विदुर पौडेल, लक्ष्मी किसान, रुद्र आचार्य, खगेन्द्र पौडेल र देवेन्द्र रेग्मीलाई जिल्ला कमिटि सदस्य चयन गरेको छ ।
बागलुङ नगरपालिकाबाट आनन्द आचार्य, एकनाथ शर्मा, गुरुदत्त पाठक, चिरञ्जिवी केसी, कुलराज शर्मा, सुनिता विश्वकर्मा, खिम बहादुर थापा, नविन किसान, प्रमिला विक, जित बहादुर क्षेत्री (राजन जिसी), बुद्ध बहादुर कार्की, खगराज पाण्डे, रुद्र केसी, कुल बहादुर कार्की, हरिप्रसाद शर्मा, डिल्लीप्रसाद सापकोटा, नेत्र विष्ट, राम बहादुर हमाल, लोकेन्द्र केसी, कुमार खड्का, दुर्गा बहादुर कुँवर, रिमा गुरुङ, कर्ण बहादुर बोहोरा, लक्ष्मी बोहोरा, ठाकुर जिसी, भुपेन्द्र खड्का, प्रकाश शर्मा र दुर्गा बहादुर सार्कीलाई जिल्ला कमिटि सदस्य चयन गरिएको एमालेले जनाएको छ ।
जिल्ला कमिटिमा चयन भएका सहित ४७ जनालाई एमालेले जिल्ला सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।
सचिवालयको जिम्मेवारी पाउनेहरुमा टंक प्रसाद पौडेल, रुद्र पौडेल, ऋतुवर्ण पौडेल, करमति पुन, बिर बहादुर विक, बिनाकुमारी थापा, याम बहादुर श्रीस थापा, मेहरसिंह पाइजा, ढालेन्द्र शेरचन, बसन्त थापा, डम्मर बहादुर श्रीस, बुल बहादुर केसी, यमुना राना, ऋषिराम रोका, अमर थापा, विद्यापति शर्मा, मनिता खड्का, याम बहादुर श्रीस, युक्तप्रसाद कंडेल, हरि कुँवर, टिकाराम सापकोटा, प्रेम लामिछाने हुन ।
यस्तै डिल बहादुर कार्की, चित्रा श्रीस छन्त्याल, दिपक गौतम, गंगा शर्मा बालकृष्ण कंडेल, खुम भण्डारी, धनिश्वर पौडेल, प्रदिप थापा, रुद्र आचार्य, खगेन्द्र पौडेल, बद्री ढुंगाना, राजु केसी, शिव सापकोटा, ध्रुव बहादुर केसी, राम बहादुर जिसी, सुजाता घमाल नेपाली, नेत्र विष्ट, नविन किसान, कोपिला खरेल, सरस्वती खड्का परियार, प्रमिला विक, खेमराज सापकोटा, हुमादेवी खड्का, रुद्र महत र पवित्रा रोकाले सचिवालय सदस्यको जिम्मेवारी पाएकाछन् ।
सह–सचिव भुसाललाई सचिवको जिम्मेबारी
एमाले जिल्ला कमिटिको बैठकले नवौं महाधिबेशनबाट सह–सचिवमा निर्वाचित भएका बिष्णु भुसाललाई सचिवको जिम्मेबारी तोकेको छ । तत्कालिन सचिव लाल बहादुर थापा नेकपा एकिकृत समाजबादीको जिल्ला संयोजक भएपछि भुसाललाई सचिवको जिम्मेबारी दिईएको हो । थापालाई बिभाजनकारी गतिबिधिमा सहभागि भएको भन्दै उनी सहित ११ जना जिल्ला सदस्यलाई कारवाही बैठकले गरेको छ ।
नेकपा (एस)मा सनाखत गरेका श्रीष सचिवालयमा
एमाले बिभाजनपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत समाजबादीमा सनाखत गर्न निर्वाचन आयोगले दिएको समयसिमा भित्रै सनाखत गरेका काठेखोला गाउँपालिका–३ का वडाअध्यक्ष याम बहादुर श्रीष एमालेको जिल्ला कमिटिमा मनोनित भएका छन् । उनलाई सचिवालयको जिम्मेबारी समेत तोकिएको छ । एमालेबाट निर्वाचित भएका श्रीष नेकपा एसमा सनाखत गरेपनि एमालेमै रहेको दावी सहित उनलाई मनोनित गरिएको सचिव बिष्णु भुसालले बताए । तर श्रीषले भने आँफुले एमाले त्याग गरि नेकपा एसमा समाहित भएको बताए ।





