आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चार उपाध्यक्षसहित नेकपा एसको महासचिवमा बेदुराम भुसाल

चार उपाध्यक्षसहित नेकपा एसको महासचिवमा बेदुराम भुसाल


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७८, बिहिबार

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए ।
नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।
त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा हुने प्रस्तावित महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै केन्द्रीय कमिटी विस्तार र कार्यविभाजन पनि आजै हुने भुसालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->