बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

विश्वास गुमाउँदै पत्रकारिता

विश्वास गुमाउँदै पत्रकारिता


  • ढोरपाटन संबाददाता
  • असोज ८ २०७८, शुक्रबार

पोखरा/ नेपाल पत्रकार महासंघ र कास्की शाखाको संयुक्त आयोजनामा बिहीबार पोखरामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा करिव ६० जना पत्रकारहरु सहभागी थिए । उनीहरुले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीको प्रस्तुति सुने । पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको बताए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारको पेशागत सुरक्षाका लागि महासंघ सधैं अग्रसर रहने बताइन्। प्रशिक्षक जगत नेपालले आचारसंहिता भित्र रहेर पत्रकारिता गर्न सुझाव दिए । उनले पछ्रिल्लो समय पत्रकारिता छाडा हुँदै गएको र ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाइमा मिडियामाथि नागरिकको विश्वास गुम्दै गएको पाइएकाले सजग हुनुपर्ने बताए ।कार्यक्रममा महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की, केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारका क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->