बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

डाक्टर हर्क र चन्द्रको सम्झना

डाक्टर हर्क र चन्द्रको सम्झना


  • ढोरपाटन संबाददाता
  • असोज ८ २०७८, शुक्रबार

पोखरा/ प्रख्यात भूगोलविद हर्क गुरुङको जन्मथलो लमजुङको तराँचे गाउँ( मस्र्याङ्दी–७) मा उनको स्मृति दिवस मनाइएको छ । २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सा, फलेडाँडामा भएको हेलिकोप्टर दुर्घटनामा संरक्षणमा काम गर्ने अन्य २३ जनासँगै उनको पनि ज्यान गएको थियो ।

हर्क गुरुङ स्मृति प्रतिष्ठानले गाउँमै रहेको स्मारकमा माल्यार्पण र धूप बाल्दै स्मृति सभा गरेको प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा डाक्टर हर्क गुरुङको योगदान र उनको निधनबाट गाउँ अनि देशलाई पुगेको क्षतिको स्मरण गरियो । कोभिड त्रासका कारण सीमित मान्छेको उपस्थितिमा कार्यक्रम गरिएको उनले बताए ।

‘हामी कार्यसमितिका साथीहरु आज बिहानै हर्क गुरुङको स्मारकमा पुग्यौं,श्रद्धाञ्जली अर्पण ग¥यौं,धूप बाल्यौं’,अध्यक्ष तिलबहादुरले टेलिफोनमा भने,‘उहाँको निधनबाट हाम्रो गाउँले मात्र हैन, राष्ट्रले नै होनाहार सपूत गुमायो ।’लमजुङको तराँचेमा मात्रै हैन, कास्कीको सिक्लेसमा पनि आज डाक्टर चन्द्रप्रसाद गुरुङको सम्झना भयो । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले असोज ७ को एकाबिहानै नाताले सोल्टी पर्ने डाक्टर चन्द्रबहादुर गुरुङलाई सम्झे । ‘सोल्टीको बानी हाँसेरै आफ्नो कुरा भन्ने खालको थियो, संरक्षणको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ’,उनले भने,‘उहाँले अन्नपूर्ण संरक्षण क्षेत्रको परिकल्पना नगरेको भए,पछाडि परेका गाउँहरुमा विकास पुग्दैनथ्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->