आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राइजिङको पहिलो हार

राइजिङको पहिलो हार


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७८, शुक्रबार

पोखरा, ८ असोज –पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोरेको छ ।

शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको खेलमा राइजिङ शंखमुलसंग २–५ को हार व्यहोरेको हो । राइजिङको हारले लिग तालिकामा रोमाञ्चकता ल्याएको छ । तालिकाको शिर्षस्थानमा रहेको राइजिङ अब भने तल झर्नेछ ।

शंखमुलको जितमा क्रिजल खड्काले २ तथा अर्जुन सिंह, मणि लामा र सुशान श्रेष्ठले एक एक गोल गरे । राइजिङका लागि नगेन राइ र सुदिप गुरुङले गोल गरे । हारसंगै राइजिङ तालिकाको दोस्रो स्थानमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->