आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तमानमा छन्त्याल नेतृत्वमा सर्वसम्मत गाउँसमिति चयन

तमानमा छन्त्याल नेतृत्वमा सर्वसम्मत गाउँसमिति चयन


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

बागलुङ/ नेपाली कांग्रेस तमानखोलाको सभापतिमा लिलाकुमार छन्त्याल चयन भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट छन्तयाल सर्वसम्मत सभापति चयन भएका हुन् ।

शनिवार साँझ अन्य आकांक्षीहरुले समर्थन गरेपछि छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपसभापति खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली र सहसचिव लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन भएकोे निर्वाचन अधिकृत वसन्त घर्ती मगरले जानकारी दिए ।
छन्त्यालसहित खिम छन्त्याल र धर्म घर्ती गरि तीन जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->