बागलुङ/ नेकपा एमाले तमानखोला गाउँ कमिटिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य मोहनलाल शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको काम केही पनि गर्न नसक्ने दाबी गरे । शनिबार गाउँपालिकाको जुग्जाखोलामा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले सरकार गठन भएको लामो समयसम्म पनि जनतालाई आश लाग्ने केही काम गर्न नसकेको भन्दै विगतका सरकारले गरेका राम्रा कामलाई समेत संरक्षण गर्न नसकेको आरोप लगाए । कार्यक्रममा पार्र्टीका प्रदेश सदस्य सुनिल सेरचन, पार्र्टीका बरिष्ठ नेता तुल्सिराम अर्याल, जिल्ला सचिवालय सदस्य टंक पौडेल, जिल्ला समिती बागलुङका सदस्य एवमं सह–सयोजक लालबिर लोप्चन, लगायतले बोलेका थिए ।





