बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरामा ११ देशका राजदूत र कुटनीतिज्ञहरु

पोखरामा ११ देशका राजदूत र कुटनीतिज्ञहरु


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७८, आइतबार

पोखरा/ नेपालस्थित ११ देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुको एक प्रतिनिधिमण्डल पोखरा आएको छ ।

४२ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा भाग लिन उनीहरु पोखरा आएका हुन् । उनीहरुलाई यहाँ आयोजित कार्यक्रममा सरिक गराउने चाँजोपाँजो पोखराका पर्यटनसँग आवद्ध संघ÷संस्था, नेपाल पर्यटन बोर्डको समन्वय एवं गण्डकी प्रदेश सरकारले मिलाएको हो । भ्रमण दलमा जर्मनी,संयुक्त अरब इमिरेट्स,कतार,फिनल्याण्ड,दक्षिण कोरिया, साउदी अरब,श्रीलंका,उत्तर कोरिया,थाइल्याण्ड,बंगलादेश,इजिप्टका राजदूत,संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि,इसिमोडमा महानिर्देशक,अन्तर्राष्ट्रिय मुद्राकोषका नेपाल प्रमुख,युएनएडका कन्ट्री डाइरेक्टर,युनेस्कोका नेपाल प्रतिनिधि,विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरलाई पोखरा निम्त्याइएको छ । बुद्ध एयरको चार्टर्ड उडानबाट उनीहरु आइतबार पोखरा आएका छन् ।

उनीहरुको सम्मानमा आइतबार साँझ रात्रिभोज आयोजना गरिएको छ । सोमबार विश्व पर्यटन दिवसका दिन उनीहरुलाई कास्कीको कास्कीकोटमा हाइकिङ गराउने,रेण्टुरेण्ट एण्ड बार एसोसियसनले आयोजना गरेको मिनी सडक महोत्सव एवं साहशिक पर्यटकीय गतिविधिमा सहभागी गराउने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।

‘कुटनीतिक नियोगका प्रमुखहरुको आवागमन र उनीहरु स्वयं पर्यटकीय गतिविधिमा सरिक हुँदा नेपाल र पोखरा पर्यटकको लागि खुल्ला छ भन्नेमात्र नभएर उनीहरुको देशमा नेपालको प्रवद्र्धन पनि हुन्छ’, अध्यक्ष भट्टराईले भने,‘एकैपटक यति धेरै देशका राजदूत र कुटनीतिज्ञहरुलाई बोलाएर गरिएको कार्यक्रमले यहाँको पर्यटन बौरिने छ ।’

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार प्रवद्र्धनात्मक गतिविधि अनुसार नै कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पोखरा निम्तो गरिएको हो । यो कार्यक्रम पोखराको मात्र नभएर समग्र नेपालको पर्यटन प्रवद्र्धनको लागि कोषेढुंगा हुने बताउँदै उनले भने,‘कोभिडबाट पीडित व्यवसायीलाई राज्य भएको अनुभूति दिलाउन पनि यो अभियान गरिएको हो ।’

यद्यपि,अहिले पोखरा निम्त्याइएका कुटनीतिज्ञहरुमध्ये केही देशबाट मात्रै नेपालमा उल्लेख्य पर्यटक आउने गरेका छन् । पर्यटक बढी आउने भारत, चीन, अमेरिका,बेलायतलगायतका देशका राजदूतहरु भने यो अभियानमा सरिक भएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->