बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कांग्रेस सचेतक लामिछानेको राजीनामा फिर्ता

कांग्रेस सचेतक लामिछानेको राजीनामा फिर्ता


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

पोखरा/ नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरका सचेतक रामराज लामिछानेले सो पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
नेपाली कांग्रेस वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाको अध्यक्षतामा बुधबार बसेको बैठकले गरेको आग्रह बमोजिम लामिछानेले पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।

यसअघि नेपाली कांग्रेस पोखरा नगर समिति सभापति पदमा उम्मेदवारी दिएका लामिछानेले हार व्यहोरेसँगै पदबाट राजीनामाको घोषणा गरेका थिए । उनले राजीनामाको कारण खुलाएका थिएनन् तर चुनावमा भोगेको पराजयका कारण नैतिक रुपले राजीनामा दिएको बताएका थिए ।

वडा नंबर ९ का वडाध्यक्ष शंकर बास्तोलाका अनुसार बुधबारको बैठकमा पोखरा महानगरमा प्रतिनिधित्व गर्ने ११ जना वडाध्यक्षहरु सामेल थिए । सामूहिक रुपले गरिएको आग्रहलाई स्वीकार्दै लामिछाने नियमित काममा फर्केको उनले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->