पोखरा/ पोखरा महानगरले सय कटेका दुई वृद्धालाई सम्मान गरेको छ । सम्मानित हुनेमा १०८ वर्षीया आइतश्री परियार र १०५ वर्षीया सुना विश्वकर्मा रहेका छन् ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरु सम्मानित भएका हुन् । पोखरा–२० की आइतश्रीलाई वडाध्यक्ष सिम गुरुङ र सुनालाई पोखरा–२० का वडाध्यक्ष जीवनप्रसाद आचार्यले नगद १५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका हुन् । पोखरा महानगरले हरेक वर्ष जेष्ठमध्ये २ जनालाई महानगर माता–पिताको रुपमा सम्मानित गर्दै आएको छ ।





