आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

अध्यक्ष ओलीलाई अनुकुल हुनेगरी एमाले ७० वर्षे उमेर हद

अध्यक्ष ओलीलाई अनुकुल हुनेगरी एमाले ७० वर्षे उमेर हद


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०७८, आइतबार
फाइल तस्विर

काठमाडौं/ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अनुकुल हुनेगरी ७० वर्षे उमेर हद लागू गर्ने भएको छ ।

कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गरिने भएको छ ।

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । तर आगामी मंसिरमा महाधिवेशन गर्ने र, फेरि अध्यक्ष बन्ने उनको योजना छ ।

एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->