पोखरा/ नेपाल कम्यूष्टि पार्टी एकीकृत (समाजवादी) पोखरा–१५को अध्यक्षमा ख्यामनारायण पौडेल चयन भएका छन् ।
३५ सदस्यीय वडा कमिटीको उपाध्यक्ष्यमा गुरूदत्त पौडेल, कुमारी गरुङतथा सचिवमा मदन गिरी रहेका छन् । वडा भेलाको पार्टीका पोलिटव्यूरो सदस्य श्रीनाथ बरालले गरेका थिए ।
उनले एमालेले लोकतन्त्र र संविधानको रक्षा नसक्ने भएकाले विद्रोह गरी नयाँँ पार्टीको पुर्नगठन गरेको वताए । कार्यक्रममा पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ति पौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिवी राई, चित्र बराल, पुनलाल विक, जिल्ला कमिटी सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल, मुक्ति गुरुङलगायतले जनताको बीचमा गएर काम गर्नुपर्नेमा जोड दिए । वडाका जेष्ठ कम्यूनिष्ट नेता ओमबहादुर थापाको अध्यक्ष्यतामा वडा भेला भएको थियो ।
्र





