शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा १२४ जना कोरोना सङ्क्रमणमुक्त, १०० जना थपिए

गण्डकीमा १२४ जना कोरोना सङ्क्रमणमुक्त, १०० जना थपिए


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार
तस्बिरः सटरस्टक ।

पोखरा – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १०० सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार थपिनेमा कास्कीका ४४, बाग्लुङका १३, स्याङ्जा र नवलपरासी पूर्वका १०/१०, म्याग्दी र गोरखाका सात/सात, तनहुँका पाँच, पर्वतका तीन र लम्जुङका एक जना छन् ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८६ हजार ८८ पुगेको छ । हालसम्म प्रदेशमा ८३ हजार ६८२ सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमित एक हजार ३५ छन् ।

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३७१ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->