बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

कास्की जिल्ला अदालतमा मन्त्री

कास्की जिल्ला अदालतमा मन्त्री


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७८, बुधबार

पोखरा/ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले कास्की जिल्ला अदालतको भौतिक संरचना निर्माणको लागि सघाउने बताएका छन् । मंगलबार अदालत पुगेका उनले पानी चुहिएर मिसिल भिज्ने समस्या तत्काल सल्टाउने पनि बताए ।

मन्त्री खड्कालाइ स्वागत गर्दै जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले ५० वर्ष पहिले बनेको पुरानो भवनका कारण इजलास चलाउनै समस्या भएको बताए । उनले पार्किङ स्थल, मेलमिलाप कक्ष,प्रशासनिक कक्ष, फर्निचर,कम्प्युटरको अभावले सेवा प्रवाहित भएको बताए । अदालतलाइक्षर्् अपाङ्गमैत्री बनाउन नसकिएको पनि उनको गुनासो थियो ।

नयाँ भवन बनाउनका लागि अर्थ मन्त्रालयबाट २ करोड विनियोजन भएको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उनले जानकारी गराए । आधुनिक संरचना बनाउनका लागि अहिले भैरहेको जग्गा अपुग हुने भएकाले जग्गाको खोजी भइरहेको उनको भनाइ थियो । यसका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->