शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

क्यान्सर पीडित विनितालाई १५ लाख बढीसहयोग

क्यान्सर पीडित विनितालाई १५ लाख बढीसहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७८, बुधबार

म्याग्दी/ आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट १५ लाख रुपैयाँ बढी आर्थिक सहयोग जुटेको छ ।
गत जेठमा मुख्यआन्द्रोमा क्यान्सर देखिएपछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो ।
म्याग्दीमा रही करिब २० वर्षदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार धु्रवसागर शर्माकी २१ वर्षिया छोरी विनिताको उपचारका लागि ज्यारुककोट समाज नेपालको आग्रहमा जापान,अमेरिका,अष्ट्रेलिया,बेल्जियम,युएई लगायत देशमा रहेका विभिन्न व्यक्तिहरुबाट ११ लाख १० हजार ६ सय ९० रुपैयाँ प्राप्त भएको पत्रकार शर्माले जानकारी दिए ।

सहयोग अभियानको संयोजन जापानमा सागर कार्की,अमेरिकामा सुरज थापा,अष्ट्रेलियामा प्रेम जिसी,बेल्जियममा रकेन्द्र घिमिरे र युएईमा प्रदीप सुवेदीले गर्नुभएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताए ।
त्यसैगरी म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष,पत्रकार महासंघ म्याग्दी,म्याग्दी मिडिया सोसाइटी,नेपाल प्रेस युनियन म्याग्दी,बेनी नगरपालिका,प्रतीक्षा सुवेदी परोपकारी कोष लगायत विभिन्न व्यक्ति संघसंस्था,देश विदेशमा रहेका पत्रकार शर्माका पूर्व विद्यार्थीहरु,आफन्त र शुभ चिन्तकहरुबाट गरी कुल १५ लाख ५२ हजार ७ सय ८० रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

अहिले छोरी विनिताको अवस्था सुधारोन्मुख रहेको र उपचारका लागि आवश्यक रकम पनि जुटिसकेकोले तत्कालका लागि आर्थिक सहयोग संकलन अभियानलाई स्थगित गर्न पत्रकार शर्माले आग्रह गरेका छन् । शर्मा २०५७ सालदेखि पत्रकारिता र शैक्षिक क्षेत्रमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->