आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दीप युनाइटेडलाई उपाधि

दीप युनाइटेडलाई उपाधि


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार

पोखरा/ पोखरा १६ मा रहेको दीप युनाइटेड क्लबले आयोजना गरेको दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता’ को उपाधि दीप युनाइटेड मन्डेलाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जेवाइसी ‘ए’ लाई ४–२ गोल अन्तरले पराजित गर्दै मन्डेलाले उपाधि रक्षा गरेको हो ।

दसैंको अवसरमा आयोजित उक्त प्रतियोगितामा पोखरा १६ भित्रका १७ टोलीको सहभागितामा थियो । उपाधिसँगै मन्डेलालाई ट्रफी, मेडल तथा प्रमाणपत्रसहित ३० हजार रुपैयाँ हात पारेको छ । प्रतियोगिताका खेल संयोजक प्रदीप गुरुङ (माइला)का अनुसार उपविजेता बनेको एवाइसीले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित १५ हजार हात पारेको छ ।

उक्त प्रतियोगिताको फाइनल खेलबाट म्यान अफ द म्याचको रुपमा सञ्जय पुन घोषित भएका थिए । उक्त प्रतियोगिताबाट रोशन छन्त्याल सर्वाेत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा मिलन थापामगर, उत्कृष्ट डिफेन्डरमा चन्द्र पुन, उत्कृष्ट गोलरक्षकका रुपमा राजकुमार थापामगर घोषित हुदै जनही ५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई पोखरा१६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य, वडा सदस्य तथा क्लबका प्रमुख सल्लाहकार राजेश गुरुङ (राजु), गोर्खा फिटनेश सेन्टरका प्रवन्धक निर्देशक डिबी लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->