पोखरा/ गण्डकी प्रदेशको मन्त्रिपरिषद् अब १२ सदस्यीय हुने भएको छ । यसअघि अन्तिम समयमा मन्त्रीबाट नाम काटिएका तनहुँका डोबाटे विश्वकर्मालाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय गरेसँगै मन्त्रीको संख्या १२ पुग्ने भएको हो ।
नेपाली कांग्रेसका सांसद डोबाटेको आज नै सपथ हुने नेपाली कांग्रेस कास्की स्रोतले बताएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आएकै बेला डोबाटेलाई मन्त्री बनाउने सहमति जुटेको हो ।





