बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कास्कीको घान्द्रुकमा जीप दुर्घटना : ८ जनाको अवस्था गम्भिर, थप विवरण आउन बाँकी

कास्कीको घान्द्रुकमा जीप दुर्घटना : ८ जनाको अवस्था गम्भिर, थप विवरण आउन बाँकी


  • विजय नेपाली
  • असोज २५ २०७८, सोमबार

पोखरा – कास्कीको घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा ठुलो मानविय क्षति भएको आशंका गरिएको छ । दुर्घटनामा परि केहिको मृत्यु भएको अनुमान गरिएपनि आधिकारीक जानकारी भने आएको छैन् ।

दुर्घटनामा परेका करिब ७–८ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका उनुसार ७–८ जनाको अवस्था गम्भिर छ । डाक्टरले भनेपछि मात्रै यथार्थ विवरण आउने उनले बताए । ‘एक टोली घटना स्थल पुगिसकेको छ ।

म पनि त्यतै जादैँ छु’ उनले भने । १० जना सवार जिप दुर्घटना हुदाँ ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी आएपनि हमालले भने डाक्टरको रिर्पोट आएपश्चात आधिकारीक हुने बताए ।

‘अहिले यसै भन्न मिल्दैन् । अस्पताल लगेपछि मात्रै थाहा हुन्छ, ६–७ जनाको अवस्था निकै गम्भिर भन्ने कुरा आएको छ ।’

हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित १० जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->