बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

८ को मृत्यु १ सकुशल सबैको सनाखत

८ को मृत्यु १ सकुशल सबैको सनाखत


  • विजय नेपाली
  • असोज २५ २०७८, सोमबार

कस्कीको घान्दु्रकमा भएको जिप दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ । सबै स्वास्थ्य क्षेत्रका विद्यार्थी समेत रहेका सबै युवाहरु हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार करिब साढे १ बजेको समयमा अन्नपूर्ण गाउँपालिका १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खस्न पुगेको थियो ।

दुर्घटनामा चालक सहित ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिप चालक कास्की अन्नपुर्ण गाउँपालिका ५ नयाँपुलका ४२ वर्षिय खुसीमान क्षेत्री, काठमाण्डौ महानगरपालिका ३ गंगबुका १८ वर्षिय जिनलव घिसिङ, सोहि स्थानकी २४ वर्षिया सुजा चौधरी, २० वर्षिया लिजा चौधरी, २० वर्षकै सुमन चौधरी, २२ वर्षका अछुतम काफ्ले,१८ वर्षिय आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ महानगरपालिका ३ गंगबु बस्दै आएका २७ वर्षिय विनय क्षेत्री रहेका छन् ।

‘करिब २ बजेतिर घटना घटेको रहेछ । घान्द्रुक घुम्न आउने क्रममा दुर्घटनामा परेको हो’ अन्नुपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष कुमार प्रसाद गुरुङले भने ।

अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवरँले चाडको समयमा आफ्नो गाउँमा दुखद् घटना घटेको बताए । उनले हर्षउल्लासका साथ घुम्न आउँदा दुर्घटनाले ज्यान लगेको बताए ।

उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको प्रवक्ता सुवास हमालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->