बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

एयरपोर्टमा प्रधानमन्त्री देउवा, झरे र भने : काम नरोक्नू

एयरपोर्टमा प्रधानमन्त्री देउवा, झरे र भने : काम नरोक्नू


  • ढोरपाटन संबाददाता
  • असोज २६ २०७८, मंगलबार

पोखरा/प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको समस्या सल्ट्याउने आश्वासन दिएका छन् ।सोमबार हेलिकोप्टरबाटै विमानस्थलको भौतिक निर्माण हेरेर जमिनमा झरेका उनले सबैको कुरा सुनेपछि समस्या समाधान गर्ने प्रतिद्धता जनाएका हुन् । ‘काम नरोक्नू, अरु काम हुँदै गर्छ’,उनले भने ।

प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले निर्माण क्रममा देखिएका समस्याबारे जानकारी गराएका थिए । विमानस्थलको पूर्वतर्फ रहेको रिट्ठेपानी डाँडा कटानको लागि पूरक इआइए गर्नुपर्ने भएपनि त्यसको लागि पुन निर्णय गर्नुपर्ने देखिएको,विमानस्थलमा नहर, ढल र बर्खामा आकाशे पानीले समस्या ल्याउँदा विमानस्थलको पूर्वतर्फ पहिरो गएकोले त्यसको व्यवस्थापन हुनुपर्ने, ढलको पानी तर्काउनुपर्ने,विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्ने लगायतका समस्या रहेको जानकारी गराएका थिए । तोकिएकै समयमा काम भएको भए यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसक्थ्यो ।

चिनियाँ कम्पनी सिएएमसीले सन् २०२१ को जुलाइ १० मा विमानस्थल नेपाली पक्षलाई हन्तान्तरण गर्ने घोषणा गरेको थियो । तर,कोभिडका कारण ठेकेदार कम्पनीले एक वर्ष समयावधि थप गरेको छ । विमानस्थलको रनवे,ट्याक्सी वे, एप्रोन,पार्किङ र ह्याङ्गर एप्रोन,बत्ती जडान भइसकेको छ भने भित्री बाटोको काम पनि ७० प्रतिशत सकिएको छ । विमानस्थलको टर्मिनल भवन तयार छ । समग्रमा विमानस्थलको ८४ प्रतिशत भौतिक काम सकिएको मुनाकर्मीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->