लायन्स क्लब अफ पोखरा लेकसिटीको वर्ष २०२१÷०२२ को लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बि ए का डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले अध्यक्ष कैलाश पालिखेसहितको समितिको पदस्थापन गराएका हुन् ।
लेकसिटीको निवर्तमान अध्यक्षमा विश्वमोहन अधिकारी, प्रथम उपाध्यक्षमा सोभितमान बुद्धाचार्य,द्धितीय उपाध्यक्षमा सुनिलकुमार मानन्धर,तृतीय उपाध्यक्षमा सुदीप ढकाल, सचिवमा विद्या मर्सानी र कोषाध्यक्षमा हेम गुरुङ रहेका छन् । त्यसैगरी एलसीआइएफ कोर्डिनेटरमा विन्दुकुमार थापा, टेमरमा सूर्यबहादुर थापा, अन्तर्राष्ट्रिय निर्देशकमा खेमबहादुर गुरुङ,मेम्बरसीप चेयरपर्सनमा नारायण शर्मा, मार्केटिङ चेयरपर्सनमा वैकुष्ठ रञ्जित, सर्भिस चेयर पर्सनमा सूर्य श्रेष्ठ, खेलकुद निर्देशकमा इच्छामान बुद्धाचार्य,वातावरण निर्देशकमा सत्यनारायण मण्डल, कल्चर निर्देशकमा लक्ष्मण श्रेष्ठ, हेल्थ निर्देशकमा काशीनाथ काफ्ले र टेल टुइस्टरमा दशरथमान बुद्धाचार्य रहेका छन् ।
मृगौलापीडित ख्रिजमाया तामाङलाई १६ हजार रुपैयाँको चेक हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्दै गभर्नर विश्वेश्वर आचार्यले लायन्सहरुले रचनात्मक र परिणामुखी कामलाई ध्यान दिनुपर्ने बताए ।गण्डकी प्रदेशसभा सांसद प्रभा कोइरालाले रचनात्मक कामले नै लायन्सको छवि राम्रो हुने बताइन् ।
मोटिभेटर विकलप्रसाद सेरचनको प्रशिक्षण रहेको कार्यक्रममा डिष्ट्रिक्ट एडभाइजर राजेन्द्र बाटाजु, डिष्ट्रिक्ट चिफ एडमिनिस्टेटर चण्डीप्रसाद अर्याल, लियो क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष राम अधिकारीले पनि मन्तव्य राखेका थिए । अध्यक्ष कैलाश पालिखेको धन्यवाद, निवर्तमान अध्यक्ष विश्वमोहन अधिकारीको कार्यक्रमबारे जानकारी प्रथम उपाध्यक्ष सोभितमान बुद्धाचार्यको ध्वजाको अभिवादन रहेको कार्यक्रमको संचालन चार्टर्ड पेसिडेन्ट कृष्णमोहन श्रेष्ठले गरेका थिए ।





