बागलुङ/ नेकपा एमालेको देशव्यावी संगठन विस्तार अभियान अन्तरगत मंगलवार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा वडा भेला सम्पन्न भएको छ ।
भेलाले कात्तिक ६ गते देशभर एकैपटक हुन गैरहेको नेकपा एमालेको वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरेको छ । भेलामा पार्टीका सदस्यहरुको सदस्यता नविकरण गर्नुका साथै अधिवेशनमा बढी भन्दा बढी सहभागिता गराउने, पार्टीका जेष्ठ सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, महिला, युवा, विद्यार्थी लगायतलाई व्यापक परिचालन गर्ने निर्णय भएको छ ।
वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारी गर्न पार्टी वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारीहरु लगायतलाई भेलाले जिम्मेवारी दिएको छ ।
भेलामा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, जिल्ला सचिवालय सदस्य हरि बहादुर कुँवर, जिल्ला सदस्य तथा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य शारदा थापा, एमालेका बागलुङका पूर्व सदस्य भीम बहादुर थापा, रेश नुन्थला माविका पूर्व प्रधानाध्यापक ओमप्रसाद थापा, अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य रोशन कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाका सचिव डिल बहादुर कार्की, युवा संघ काठेखोलाका डिल बहादुर कार्की, स्थानीय अगुवा नेताहरु प्रेम बहादुर कार्की, कुलप्रसाद गौतम, याम बहादुर कार्की, विरेन्द्र लामिछाने लगायतले पार्टीको केन्द्रीय निर्देशन अनुसार कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्नका लागि सबै नेता कार्यकर्तालाई सक्रिय भएर लाग्न गरे ।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा एमालेलाईं पहिलो पार्टीका रुपमा स्थापित गर्न एमालेले जनताका लागि गरेका कामहरुका बारेमा आम समदुयालाई जानकारी गराउँदै पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न कार्यकर्ताहरु उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनु पर्नेमा उनीहरुको जोड थियो ।





