पोखरा/ फेदीखोला गाउँपालिका २ भालुपहाडमा पहिरो खसेसँगै अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारु भएको छ ।
राजमार्ग माथिबाट ढुङगासहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्व भएको थियो ।बिहीबार बिहान अबरुद्ध भएको सडक १० घण्टापछि सुचारु भएको स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले बताए । फेदीखोलाको जेसीबी, प्रहरी, स्थानीयको प्रयासमा सडक खुलेको हो ।





