काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशनको उद्घाटन गरेका छन् । ओलीले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज भर्चुअल माध्यबाट अधिवेशनको उद्घाटन गरेका हुन् ।
बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै‚ कात्तिक ९ गते सबै स्थानीय तहमा अधिवेशन हुनेछ ।
एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।





