आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा (विप्लव)को श्रद्दाञ्जली सभा

नेकपा (विप्लव)को श्रद्दाञ्जली सभा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

बागलुङ/नेपाल कम्प्युनिट पार्टीका अध्यक्ष विप्लवका सहोदर दाजु तथा उक्त पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्दको श्रद्धाञ्जली सभा बुधवार बागलुङमा सम्पन्न भएको छ ।

चन्दको गत असोज २८ गते भारतको म्याक्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा बागलुङका इन्चार्ज धु्रव घिमिरेले दलाल र पूँजिवादी सरकारबाट नेपाली जनताको मुक्ती संभव नभएको बताए । उनले तत्कालका लागि शान्ति प्रक्रियामा लागेपनि जनताको अधिकार स्थापित गर्ने अभियानमा भने निरन्तर लडिरहने बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी छम सेन (आकास)ले आन्तरिक बैठक र प्रशिक्षणमार्फत संगठन बिस्तार गरेको बताए । पार्टीले एमसिसिको खारेजीको अभियानमा पनि आन्दोलन गरिरहेको जानकारी गराए ।
छम सेनकै अध्यक्षता तथा महेन्द्र भण्डारी क्रान्तिको संचालनमा सम्पन्न कार्यक्रममा चन्दको फोटोमा फूल अभिर चढाएर एक मिनेट मौन धारण पनि गरिएको थियो । चन्द्रले भूमिगत कालमा बागलुङग, पर्वत र म्याग्दीमा सैन्य इन्चार्ज भएर लामो समय काम गरेका थिए ।

पहिलोपटक २०५५ साल कात्तिक १० गते बेलबगर प्रहरी चौकी आक्रमण, चैत २७ गतेको ग्वालीचौर चौकी आक्रमण र २०५७ को गुल्मीको धुरकोट चौकी आक्रमणमा उनले नेतृत्व गरेका थिए । त्यसबाहेक अन्य धेरै गतिविधिमा पनि सहभागि भएकोले बागलुङ नेतृत्वमा धेरैले चन्दको योगदानको चर्चा गर्ने गरेका छन् । २०४५ सालमा कपिलबस्तु बसाइ सरेपछि चन्दका दाजुभाइनै आन्दोलनमा लागेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->