बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

ल्याट्भियन राजदूत पोखरा घुमे

ल्याट्भियन राजदूत पोखरा घुमे


  • Dhorpatan News
  • कार्तिक १३ २०७८, शनिबार

पोखरा/ नेपालका लागि ल्याट्भियन राजदूत आर्टिस बर्टुल्स तथा प्रतिनिधि मण्डल प्रमुख प्रतुकले पोखरा भ्रमण गरेका छन् । नर्थ नेपाल ट्राभल्स एन्ड ट्रेकले आयोजनामा उनीहरु पोखरा क्षेत्रको पदयात्रा गरेका थिए ।

उनीहरुले कात्तिक ५ देखि ८ गतेसम्म पोखरामा समय बिताएको नर्थ नेपालका प्रवन्ध निर्देशक मोहनराज भण्डारीले जानकारी दिएका छन् । टोली पहिलो दिन हेमजा हुँदै धम्पुस क्षेत्रको भ्रमण गरेका थिए । त्यहाँ उनीहरुले स्थानीयले बनाएको पिङको मजा लिएका थिए ।

दोस्रो दिन धम्पुस हुँदै नौंडाँडा, कास्कीको पदयात्रा गरेका थिए । राजदूत आर्टिस भूकम्पपछि पुनर्निमित कास्कीकोट दरबारसमेत भ्रमण गरेको भण्डारीले बताएका छन् । तेस्रो दिनमात्रै टोली पोखरा फर्किएको थियो । तेस्रो दिन पोखराका ग्रामीण क्षेत्रको नियालेका छन् ।

‘वातावरण पनि एकदमै राम्रो र खुलेको थियो । पदमार्ग र होमस्टे सञ्चालकले समेत एकदमै राम्रोसँग स्वागत गरे,’ राजदूत आर्टिसले भने, ‘यहाँको वातावरण, संस्कृतिजस्तै मान्छेहरु पनि संस्कारले पनि धनी रहेछन् ।’ नेपाल र ल्याट्भियाबीच सन् १९९२ अप्रिल २० मा कुटनीटिक सम्बन्ध कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->