स्याङ्जा/ नेकपा एमाले स्याङ्जाले यहाँका ११ वटै स्थानीय तहमा प्रथम अधिवेशनमार्फत् नयाँ कमिटी चयन गरेको छ । कात्तिक ९ गतेदेखि सुरु भएको प्रथम पालिका अधिवेशनमा वालिङ, भीरकोट, गल्याङ, चापाकोट, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, फेदीखोला, हरिनास, कालीगण्डकी, आँधीखोला गाउँपालिकामा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । विरुवा गाउँपालिकामा निर्वाचनको माध्यमबाट अध्यक्ष बनाएको हो ।
यहाँ क्षेत्र नं १ का सांसद नारायणप्रसाद मरासिनी र क्षेत्र नं २ का सांसद पदमाकुमार अर्यालले आ आफ्ना पकेटकालाई नेतृत्वमा ल्याउन खोज्दा नेतृत्व चयनमा ढिलाइ भएको थियो । अधिवेशनमा वालिङमा शोभाकान्त पौडेल, भीरकोटमा विश्वनाथ अर्याल, गल्याङमा दानबहादुर थापा, चापाकोटमा राजु कोइराला, पुतलीबजारमा भरत गोदार, अर्जुनचौपारीमा मोहन अधिकारी, फेदीखोला घनश्याम सुवेदी, हरिनासमा खिमनारायण मरासिनी, कालीगण्डकीमा कृष्ण लामिछाने मगर, आँधीखोलामा सिह बहादुर क्षेत्रीको अध्यक्षतामा कमिटी चयन भएको हो । विरुवा गाउँपालिकामा भने सहमति नहुँदा प्रकाश थापाले खेम मरासिनीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । यहाँ सांसद मरासिनी पक्षका छ र अर्याल पक्षका पाचँ जना अध्यक्ष चयन भएका हुन् भने पदाधिकारी तथा सदस्यमा धेरै मरासिनी पक्षका छन् ।
मरासिनी पक्षका वालिङमा पौडेल, गल्याङका थापा, पुतलीबजारका गोदार, फेदीखोलाका सुबेदी, हरिनासका मानन्धर, कालीगण्डकीका लामिछाने मगर रहेका छन् भने भिरकोटका अर्याल, चापाकोटका कोइराला, अर्जुनचौपारीका अधिकारी, आँधीखोलाका क्षेत्री र बिरुवाका थापा अर्याल पक्षका छन् । विरुवा गाउँपालिकामा भने सहमति नहुँदा प्रकाश थापालेसांसद मरासिनी एमाले अध्यक्ष केपी ओलीका हार्डलाइनर र अर्याल माले, माधव नेपाल हुँदै नवौं महाधिवेशनमा ओली खेमा पुगेका हुन् ।





