पोखरा/ नेपाल निजामति कर्मचारी युनियन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विभिन्न चाडपर्वको सन्दर्भ पारेर युनियनले कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले कर्मचारी स्थायी सरकार भएको बताए । कर्मचारीले आफ्नो मनोबललाई उच्च बनाउँदै सेवामा समर्पित हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष नारायण शर्माले कर्मचारीबीच एकता आवश्यक रहेको आंैल्याए । त्यस अवसरममा युनियन केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल, गण्डकी प्रदेश उपाध्यक्ष चित्रा ढकाल, कास्की अध्यक्ष डार्विन लम्साल, सचिव सुरेशकुमार श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बराल, कास्की अध्यक्ष उदयकान्त तिवारीलगायतले बोलेका थिए । संस्थाका अध्यक्ष गोमाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव शंकर थापाले संचालन गरेका थिए ।





