बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

जलधारेमा जेष्ठ नागरिक सेवाकेन्द्र

जलधारेमा जेष्ठ नागरिक सेवाकेन्द्र


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७८, आइतबार

पोखरा पोखरा २६, जलधारेमा सम्झना जेष्ठ नागरिक दिवा सेवाकेन्द्रको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले उद्घाटन गरेका हुन् ।

कुँवरले कार्यक्रममा हरेक समाज, समुदायमा जेष्ठ सेवा केन्द्र स्थापना हुनुपर्ने बताए । उनले वृद्ध भएपछि भेटघाट गर्ने, बातचित गर्ने थलोका रुपमा केन्द्र उचित हुने सुनाए ।

‘कतिपय कुराहरुमा वृद्धहरु आफ्ना मनका कुराहरु पोख्न पनि केन्द्र खोलिनु आवश्यक छ । यसलाई राज्यले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।

संस्थाले विभिन्न व्यक्ति तथा संस्थाको नाममा अक्षयकोषको समेत स्थापना गरिने केन्द्रका अध्यक्ष मनोहरि ढुंगानाले जानकारी दिए । तत्कालीन लेखनाथ ४ को वडा कार्यालय भवनलाई जीर्णाेद्धार गरी केन्द्र बनाइएको हो ।

‘यहाँ गीतसंगीत, पुस्तकालय सबैको व्यवस्था हुनेछ,’ उनले भने । सेवा केन्द्रका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट करिब तीन लाख ५० हजार रुपैयाँ नगद संकलन गरिएको छ ।

विशेष सहयोगी भूमिका निभाएको भन्दै संस्थाले हरिशरण ढुंगानालगायत आर्थिक सहयोग गर्ने सहयोगदातालाई सम्मानसमेत गरेको थियो ।

उद्घाटन कार्यक्रममा कुलदीप बराल, सूर्यनाथ भण्डारी, निर्मला ढुंगाना, अम्मरज्योति गाउँफर्क माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बामदेव ढुंगाना, अर्थमन्त्रालयका अधिकृत रामेश्वर ढुंगाना, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता समिति सचिव मुरारी शर्मा, सिलिंगे कृषि उत्पादक सहकारीका अध्यक्ष ठाकुरा रानाभाट, पोखरा २६ वडाध्यक्ष नारायणप्रसाद बराल, संस्थाका कोषाध्यक्ष तारा राजभाट, ईश्वरीप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->