आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रदेश १ मा नयाँ सरकार गठनको आह्‍वान

प्रदेश १ मा नयाँ सरकार गठनको आह्‍वान

५० सांसदको हस्ताक्षरसहित राजेन्द्र राईले दाबी पेश गर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार

काठमाडौं/ प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यको राजीनामा बुझेलगत्तै नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न प्रदेशसभामा प्रतिनिधित्‍व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्री आचार्यको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखको आह्वानलगत्तै विपक्षी गठबन्धनले ५० सांसदको हस्ताक्षरसहित राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन निवेदन दिने तयारी गरेका छन् ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ४१ सांसद छन्। सभामुख र एकजना सांसद फरार रहेकाले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । राप्रपामा एक जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->