बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सात बर्षको समिक्षा गरेर अघि बढ्छौं : मन्त्री पौडेल

सात बर्षको समिक्षा गरेर अघि बढ्छौं : मन्त्री पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

बागलुङ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीमा बितेका ७ बर्षको समिक्षा गरेर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् ।

पार्टीलाई २०६४/०६५ को अवस्थामा ल्याउनका लागि विगतको समिक्षा र नयाँ कार्यदिशा आवश्यक रहेको पौडेलले बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड नै देशमा आउने हरेक कठिन परिस्थिती पार लगाउने पात्र भएको दाबी गरे । प्रचण्ड एक्लै नभएको भन्दै पौडेलले गोलबन्द माओवादीले मात्रै देशमा सबै क्षेत्रको विकास गर्न सक्ने बताए ।

पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताए । सञ्चार क्षेत्रमा रहेका केही विकृती नियन्त्रणका लागि सरकारले बेला बेलामा कानुन ल्याउने कुरा बाहिर आउने गरेका भएपनि सुशासन कायम राख्नका लागि स्वतन्त्र प्रेस आवश्यक हुने उनको तर्क थियो ।

‘पार्टीले कहिल्यै पनि गल्ती गरेको छैन, गल्ती नगर्ने पार्टी जनताको बीचमा जान मिल्छ’ उनले भने ‘हामी फेरी जनताका माझ जान्छौं, सञ्चार जगतले पनि हामीलाई सहयोग गर्नुपर्छ ।’ प्रेस सेन्टर नेपाल बागलुङ शाखाको पाँचौ जिल्ला भेला मंगलबार बागलुङमा उद्घाटन गर्दै उनले बितेका केही बर्षमा भएका गतिबिधिको समिक्षा गर्दै लोकतन्त्र र संघीयता बलियो बनाउने काममा अझ शसक्त हिसावले लाग्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवि निवारण मन्त्री चन्द्रबहादुर बुढा सागरले परिवर्तनको आभाष जनताले गर्ने गरी सरकारले काम गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->