पोखरा/ नेकपा एमाले पोखरा महानगर २० का नयाँ निर्वाचित कार्यसमितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भएको छ । हालै भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
निर्वाचन मण्डलको संयोजक मनवुजा विकले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । उक्त कार्यक्रमका नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले नवनिर्वाचित पदाधिकारीहरुले आफ्नो आचरण र व्यवहारलाई ख्याल गरी पार्टीमा लगनशील भएर लाग्न आग्रह गरे । नेकपा एमालेका जनप्रतिनिधिहरुले राम्रो काम गरिरहेको र आगामी दिनमा पनि जनप्रतिनिधिसँगै कार्यकर्ताहरु पनि जनताको सेवक बन्दै पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा २० का अध्यक्ष सीम गुरुङले पदको सपथ खाँदै गर्दा संगठनलाई मजबुत बनाएर अगाडि बढ्न नयाँ कार्यसमितिलाई आग्रह गरे । ‘पदका लागि भन्दापनि पदलाई जिम्मेवारीपूर्व लिएर काम गर्नुपर्छ,’ उनले भने । त्यस्तै, नवनिर्वाचित अध्यक्ष त्रिलोचन गौतमले अहिलेको अवस्थालाई मध्यनजर गर्दै पार्टीलाई अझ मजबुत बनाएर पार्टीले आगामी चुनावमा जित्ने गरी अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलको सदस्य माधव पौडेलले गरेका थिए ।
हालै सम्पन्न वडा अधिवेशनले वडाको अध्यक्षमा त्रिलोचन गौतम, उपाध्यक्षमा उत्तम गुरुङ, सचिवमा प्रकाश गुरुङ, उपसचिवमा लिलाराज पौडेल र रविवहादुर लामिछाने लाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा मन बहादुर क्षेत्री, अप्सरा विक, सुनिल आचार्य, रुपा नेपाली, नवराज बास्तोला, ईश्वर सुवेदी, अन्जिता बास्तोला, चित्रबहादुर क्षेत्री, विष्णु प्रसाद पौडेल, गणेश पौडेल, कृष्ण बहादुर कार्की, कृष्ण प्रसाद बास्तोला, केशवराज सुवेदी, मीना पौडेल, देव कुमारी बास्तोला, गीता बास्तोला, भोजराज सुवेदी रहेका छनभने वडा कमिटीमा ५१ सदस्य रहने गरी बैठकले बाँकी सदस्य मनोनित गरिने वडा सचिव प्रकाश गुरुङले जानकारी दिए ।





