बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘विप्लव’को भ्रष्टाचार विरोधी अभियान

‘विप्लव’को भ्रष्टाचार विरोधी अभियान


  • ढोरपाटन संबाददाता
  • कार्तिक १८ २०७८, बिहिबार

बागलुङ/ नेपाल कम्प्युनिष्ट पार्टी विप्लव नेतृत्वले बागलुङमा भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज धु्रव घिमिरेले अभियानका लागि सबै दलसँग छलफल चलाइरहेको जानकारी दिएका छन् ।

घिमिरेले सरकारी, सामाजिक र जनप्रतिनिधि तहमा भएका अनियमितताको भण्डाफोरसमेत गर्ने बताए । यो अभियानको सुरुआती चरणमा ढोरपाटन नगरपालिका भित्रको अनियमितताविरुद्ध काम थालिसकेको उनले दाबी गरेका छन् । ‘सबै दल मिलेर हामीले अनियमितता र भ्रष्टाचारको विरोध गरेका छौं,’ उनले भने, ‘अब तथ्यगत रुपमा पनि प्रमाणहरु खोज्दैछौं ।’

संसदीय व्यवस्थाको कमजोरी भनेकै भ्रष्ट्राचारको संस्थागत हुने अवस्था भएको भन्दै संसदीय राजनीतिको विकल्पको रुपमा समाजवादी राजनीति स्थापना गर्ने अभियानमा लाग्नेसमेत उनले बताए । जिल्लामा क्रियाशिल दलले भ्रष्टाचारविरुद्धको कार्यक्रम गर्ने सैद्धान्तिक सहमति दिए पनि व्यवहारिक रुपमा भने तयार नभएको सेक्रेटरी झम सेनले बताए ।

‘जनचेतनाको काम भने गरिरहे पनि दलहरु अनियमितता भएको स्थानमा हस्तक्षेप गर्न मानेका छैनन्’ सेनले भने, ‘नागरिक समाज र जनवर्गीय संगठनको सहकार्यमार्फत प्रमाणहरु खोजी भइरहेको छ ।’ संसदीय व्यवस्थापनमा दलाली बढेको भन्दै समाजवादी शासन ल्याउन गोलमेच सम्मेलनमार्फत नयाँ शासनमा जानुपर्ने उनले धारणा राखे ।

भ्रष्टाचार विरोधी अभियानमा यसअघि विप्लव नेतृत्वको नेकपाले भौतिक कारवाही गर्दै आएको थियो । खुला राजनीतिमा आएकोले अब भने सार्वजनिक गरेर जनताले कारवाही गर्ने अवस्थामा पु¥याउने ठहर गरेको सेनले जानकारी दिए । चन्दले थालेको अभियान पनि सुशासनयुक्त नेपाल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->