आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाल संवतलाई प्रयोगमा ल्याउन आवश्यक: उपराष्ट्रपति

नेपाल संवतलाई प्रयोगमा ल्याउन आवश्यक: उपराष्ट्रपति


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७८, शुक्रबार

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई पर्वद्धन गर्न र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवत्को प्रर्वद्धनर व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्‍याएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गरे । प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले  स्मरण गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->