बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक राखियो

राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक राखियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७८, शुक्रबार

पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक स्थापना गरिएको छ । नेपाल सम्वत् ११४२ को अवसरमा शालिक अनावरण गरिएको हो । विशेष गरी नेवारी समूदायले नयाँ वर्षको नेपाल सम्वत्लाई मनाउँदै आइरहेका छन् ।

पोखरा महानगरपालिका ३ नदीपुर स्थित विरेन्द्र स्मृती पार्क नारायणस्थान क्षेत्र परिसरमा शालिकको स्थापना गरिएको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७(इ.सं.८८०) मा काठमाडौँका गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को शुरुवात गरेका थिए ।

सोहि दिन देखि नै यस्लाई नेपाल सम्वत्को रुपमा मनाउँदै आइरहेको पाइन्छ । नेपाली कांग्रेसका पूर्व उपप्रधानमन्त्री एवम् संगठन प्रमुख गोपालमान श्रेष्ठले शालिकको अनावरण गरे । साथै स्मारिका समेत विमोचन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->