बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

नव नियुक्ति प्रेस सेन्टर कास्की कार्यसमितिको पदस्थापना

नव नियुक्ति प्रेस सेन्टर कास्की कार्यसमितिको पदस्थापना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७८, शुक्रबार

नव नियुक्ति प्रेस सेन्टर कास्कीको पदस्थापना भएको छ । नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबिच पदस्थापना गरिएको हो ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रमाणपत्र हस्तान्तरण पश्चात पूर्व अध्यक्ष सन्देश श्रेष्ठले नवनियुक्त अध्यक्ष कृष्ण दवाडीलाई माइनुट हस्तान्तरण समेत गरेका थिए ।

सोहि कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पत्रकारिता पार्टीको एजेन्डालाई आम जनतामाझ लाने स्कुलिङको रुपमा रहेको बताए ।

उनले संचार माध्येम देश विकासका लागि महत्वपूर्ण माध्यम रहेको बताए । जनताले ल्याएको संघीय गणतन्त्रलाई जोगाउनका लागि काम गर्न आग्रह समेत गरे ।

उनले प्रचण्डको विचारलाई अघि बढाउन कलमको आवश्यकता रहेको बताउँदै केहि नेताले देशलाई डुबाउन लागेको आरोप लगाए । यस्तै नव निर्वाचि अध्यक्ष कृष्ण दवाडीले संघको गरिमा उचो हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->