बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

७ वर्षसम्म पनि बनेन गण्डकीको सिटिस्क्यान मेसिन

७ वर्षसम्म पनि बनेन गण्डकीको सिटिस्क्यान मेसिन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७८, शनिबार

स्वास्थ्य बिमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए

पोखरा/ पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा रहेको सिटिस्क्यान मेसिन बिग्रिएको ७ वर्ष बित्यो । यतिका वर्ष बित्दासमेत अस्पताल प्रशासनले न नयाँ मेसिन ल्याउन सक्यो, न त पुरानै मेसिन बनाएर चलाउन । परिणाम, बिरामी सिटीक्यान गर्न अन्य निजी अस्पताल धाउन बाध्य भए, विद्यार्थीले प्रयोगात्मक अध्ययन गर्न पाएनन् ।

उक्त अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । प्रदेशभरका अन्य सरकारी र निजी अस्पतालमा उपचार हुन नसकेका बिरामी यही अस्पतालमा रिफर हुन्छन् । जिल्ला जिल्लाका अस्पतालमा समेत पुगेको सिटिस्क्यान मेसिन ‘रिफरल’ अस्पतालमै नहुँदा बिरामी थप मर्कामा परेका छन् ।

अस्पतालमा आएका बिरामीको सिटिस्क्यान गर्न आवश्यक परे बाहिरका अन्य अस्पतालमा सिटिस्क्यान गर्न पठाउने गरेको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निजी क्षेत्रले चलाएको गण्डकी शिक्षण अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाउने गरेको अस्पताल निर्देशक डा. भरतबहादुर खत्रीले बताए । जबकि, उक्त अस्पतालहरु निकै महँगा छन् ।

स्वास्थ्य बिमा नगरेका बिरामीको सिटिस्क्यान गर्न भने जुनसुकै अस्पतालबाट भएपनि सिटिस्क्यान गरेर ल्याउन आग्रह गरिएको डा. खत्रीले बताए । ‘सिटिस्क्यान आवश्यक प¥यो भने हामी बिरामीलाई अनुरोध गर्छौं,’ उनले भने, ‘बिमा गरेका बिरामीको मिणपाल र गण्डकीमा निशुल्क हुन्छ, अरु बिरामीले आफुखुशी अस्पताल पुगेर सिटिस्क्यान गरेर ल्याउनुहुन्छ ।’

प्रदेशकै ठूलो अस्पतालमा सिटिस्क्यान मेसिन नहुँदा रेडियोडायग्नोसिस विषयमा एमडी अध्ययन गर्दै गरेका विद्यार्थीसमेत मर्कामा परेका छन् । उक्त विषय अध्यन गर्दा सिटिस्क्यान मेसिन अनिवार्य आवश्यक रहेको अस्पतालका डाक्टरहरु बताउँछन् । रेडियोडायग्नोसिस विषय पढाइ सुरु भएको एक वर्ष बितिसक्दासमेत अझै आवश्यक उपकरण उपलब्ध नभएको एक विद्यार्थी डाक्टरले बताए ।
रेडियोडायग्नोसिस पढ्न सिटिस्क्यान मेसिनसँगै एमआरआई र भिडिओ एक्स–रे आवश्यक पर्छ । अस्पतालमा अहिले एमआराई र भिडिओ एक्स–रे मेसिन भने संचालनमा छ । सिटिस्क्यान मेसिन नहुँदा बिरामी र विद्यार्थी मर्कामा परेका हुन् ।

अस्पतालमा नयाँ सिटिस्क्यान मेसिन खरिद अघिल्ला वर्षहरुमा बजेट अभाव भएको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए । २ वर्षअघि नै सिटीस्क्यान मेसिन किन्न सरकारसँग बजेट माग गर्दा ६ करोड प्राप्त भएको उनले बताए । उक्त रकम सिटिस्क्यान मेसिन किन्न अपुग भएको डा. खत्रीको भनाइ छ ।

सरकारले गत बर्ष थप ३ करोड बजेट दिएपछि अहिले सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अघि बढेको छ । सिटिस्क्यान मेसिन किन्न ७ करोड रुपैयामा टेण्डर संझौता भइसकेको छ । गत असारमै तीन महिनाभित्र सिटिस्क्यान मेसिन ल्याउने शर्तमा फिलिक्स कम्पनीसँग संझौता गरिसकेको निर्देशक डा. खत्रीले बताए ।

अस्पताल र फिलिक्स कम्पनीबीच संझौता भएको पनि करिब ५ महिना पुगेको छ । कम्पनीले अझै ३ महिना लाग्ने जनाउ दिएको छ । अस्पताल निर्देशक डा. खत्रीका अनुसार सिटिस्क्यान मेसिन ल्याउन अस्पतालले कम्पनीलाई संझौता अनुसार भुक्तानी पनि दिएको छ । ‘नेदरल्याण्डबाट मेसिन ल्याउँदा अनेक अडचन देखिएको छ, कहींँ अझै बन्द छ’, निर्देशक डा. खत्रीले भने, ‘कोरोना महामारी र अनेक कारणले गर्दा मेसिन ल्याउन कम्पनीले अझै ३ महिना लाग्छ भनेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->